×

रवि लामिछानेको मुद्दामा आजै आदेश आउने

images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा दर्ता भएको सहकारी ठगी मुद्दाको थुनछेक बहस सकिएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि सुरु भएको मुद्दाको थुनछेक बहस केहीबेर अघि सकिएको हो। बहस सकिएकाले लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेशको तयारी भइरहेको छ। 

साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरकसहित मुद्दा दर्ता भएको थियो। रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवति बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो।

बिहीबार २४ माघ २०८१ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया