काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमान गरेको छ । कुल विनियोजनमा अर्थमन्त्री विष्णु पौडेलले ९ प्रतिशत घटाएर कार्यान्वयन पूरा गर्ने लक्ष्य राखेका हुन् । चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० बजेट विनियोजन गरेको थियो ।
यसमध्ये अर्धवार्षिक समीक्षामा १६ खर्ब ९२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको हो । अर्थमन्त्री पौडेलले बजेट विनियोजनको ९०.९९ प्रतिशत खर्च हुने जानकारी दिए ।
यसअनुसार चालुतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान गरिएको छ । वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अर्थमन्त्री पौडेलको दाबी छ ।
प्रतिक्रिया