×

संसद्मा प्रचण्डले सोधे ओलीलाई प्रश्न -शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानविन गरियोस्, प्रधानमन्त्रीजी प्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने ?(पूर्णपाठसहित)

images

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो संलग्नता छानविनका लागि सरकारसँग आग्रह गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकसम्मले त्यसमा विशेष चासो दिएको उनले बताए । आफू छानविनका लागि खुला रहेको प्रचण्डको भनाइ छ ।

‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई । शेरा दरबारमा संलग्नता देखिन्छ भने मबाटै छानविन गर्नुहोस्,’– उनले भने, ‘म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं ।म आज सम्मानित रोष्टममा भन्न चाहन्छु, शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानविन गरियोस् ।’

साथै, अहिलेका प्रधानमन्त्री ओलीमाथि पनि थुप्रै प्रश्न उठेको भन्दै उनले छानविनका लागि तयार हो ? भन्दै प्रश्न गरे । ‘अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने ? उहाँ यसमा तयार हुनुहुन्छ ? तपाई ढुक्क नहुनुहोला, जनताले निकायलिरहेको छ,’– उनले भने ।

पूर्णपाठ

बिहीबार २४ माघ २०८१ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया