काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।
सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिएको एक मन्त्रीले जनाकारी दिए ।
ती मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया