×

नेपाल प्रिमियर लिग- लाग्यो ८ फ्रेन्चाइज टिमको टुंगो

images

काठमाडौँ — नेपाल क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा संचालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) का ८ फ्रेन्चाइज टिमको टुंगो लागेको छ ।

क्यानका अनुसार काठमाडौं कान्तिपुर पब्लिकेशनले, पोखरालाई पोखरा एभेन्जर्सले, चितवनलाई चितवन मेडिकल कलेजले लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन्।

पोखराको टिमलाई सबैभन्दा बढी बोली लागेको छ। पोखरा टिमको फ्रेन्चाइजी नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा लिएको छ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ , चितवनको एक करोड ७६ लाख एक हजार, लुम्बिनीको एक करोड ८६ लाख, जनकपुर २ करोड ५ लाख, कर्णाली एक करोड ११ लाख र सुदुरपश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा बिक्री भएको छ। 

बिहीबार २० भदौ २०८१ ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया