×

बागमती प्रदेशमा को को बने मन्त्री ?

images

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

images

बागमतीका मुख्यमन्त्री बानियाँसहित आठ मन्त्रीले लिए शपथ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ...

मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।  

नेपाली कांग्रेसबाट शिवराज अधिकारी मन्त्री बनेका छन् र उनको जिम्मेवारी तोकिएको छैन भने कृष्ण कुमार तामाङलाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।     

एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुसुधन पौडेलले कृषि मन्त्रालय, भरत बहादुर केसीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

Single Image

मङ्गलबार २१ साउन २०८२ ०६:०७ PM मा प्रकाशित

प्रतिक्रिया