हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता हुने

    images

    हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६औँ हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता यसै महिना हुने भएको छ । 

    यही साउन २७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिनुभयो ।
     
    प्रतियोगितामा पुरुष÷महिला खुला सिङ्गल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ । भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पुल्चोकस्थित गड स्पिन टेबलटेनिस एकेडेमीको हलमा हुनेछ । 

    शुक्रबार​ २० साउन २०७९ ०८:१५ PM मा प्रकाशित

    प्रतिक्रिया