×

फिल्म ‘कोशेढुङ्गा’ को दोस्रो गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक

images

काठमाडौँ । फिल्म ‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले चर्चा पाइरहँदा दोस्रो गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक गरिएको छ । 

गीतमा फिल्मका मुख्य जोडी सुरक्षा पन्त र मन्जिल कुमारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा रिदम कँडेल र बेनिशा पौडेलको गायन रहेको छ भने रिदम कँडेलको संगीत तथा बिदुर तिमल्सिनाको शब्द छ । 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा सुरक्षा र मन्जिलसहित आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् । 

नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत छ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । 

गीतको लिंक: https://youtu.be/Mz0bBsw8Qvg

 

Single Image

मङ्गलबार २१ साउन २०८२ ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया