×

बेलायतमा हिंसात्मक प्रदर्शन, १ सय ५० जनाभन्दा बढी पक्राउ

images

काठमाडौं । केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ । प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गरे ।

साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिबद्धता पनि जनाए । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ । हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने प्रतिबद्धता जनाएका थिए । टेलिभिजन सम्बोधनको क्रममा उनले हिंसात्मक कार्यमा संलग्नहरूलाई चेतावनी दिंदै आन्दोलनकारीले पश्चाताप गर्नेसमेत बताए । 

साउथपोर्ट, मर्सीसाइडमा सोमबार एक पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव चर्किएको हो । लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल लगायतका वस्तु प्रहार गरिएको थियो । प्रदर्शनकारीको कुर्सी प्रहारबाट एक प्रहरीको टाउकोमा चोट लागेको छ र अर्का प्रहरीलाई बाइकबाट खसालिएको बीबीसीले लेखेको छ ।

मर्सीसाइड प्रहरीले केही प्रहरी घाइते भएको र दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले पुष्टि गरेको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र अहिले प्रदर्शन भइरहेको हिंसा फरक कुरा भएको भन्दै आन्दोलनरत पक्षलाई संयमता अपनाउन भनेको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ता कियर स्टारमरका अनुसार शनिबार बसेको सरकारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र हिंसा दुई फरक कुरा भएको बताएका थिए।

सोमबार २१ साउन २०८१ ०९:४२ AM मा प्रकाशित

प्रतिक्रिया