×

सार्वजनिक यातायातमा बन्द, हडताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

images

काठमाडौं ।  सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले नागरिकलाई प्रत्यक्ष असर पर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन् गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ग रेको थियो ।

बिहीबार २३ जेठ २०८२ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया