×

रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता गरेको भन्दै चितवन-२ उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सन्तोष पौडेल, स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिबबहादुर सुवेदी र राष्ट्रिय जनर्मोचाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर गिरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका थिए ।

उनीहरुले नेपाली नागरिकता लिएको समय अवधि नपुग्ने भएकाले उम्मेदवारी रद्द गर्नुपर्ने माग गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले सो दाबी विरोध नपुग्ने भन्दै रद्द गरेको हो ।

उनीहरू ३ जनाले गरेको दाबी विरोधविरुद्ध लामिछानेले दिउँसो १ बजे अगाडि आफ्नो प्रस्टीकरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका थिए ।

उजुरी खारेजीसँगै रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

बुधबार २२ चैत २०७९ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया