×

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक डाकेका हुन् । विपक्षी दलमा माओवादीसहित, नेकपा एस, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु छन् । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आजको बैठकमा ५ वटा अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । संसद् अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका छन् ।

बुधबार २१ फागुन २०८१ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया