×

सरकारले अध्यादेशबाट आर्थिक संस्थाहरु कब्जा गर्न खोज्यो- सांसद डा. स्वर्णिम वाग्ले

images

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेलले सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरू कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश, २०८१’ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले वाइडवडीमा ५५ मिलियन अमेरिकी डलर खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरी वेबसाइटमा राखेको भए पनि कारबाही प्रक्रिया अगाडि नबढाएको बताए ।

अदालत दलीय छायाँमा परेको बताउँदै संवैधानिक निकायमा भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक संस्थाहरू त कब्जा भएका छन् । अदालत दलीय छायाँमा छ । संवैधानिक नियुक्ति तपाईंकै भागबण्डामा हुन्छ। अर्को डरलाग्दो कुरा तपाईहरू आर्थिक संस्था समेत कब्जा गर्ने दिशामा तपाईहरू गइरहनु भएको छ । सेबनमा कस्तो प्रक्रियामा नियुक्त गरियो ?’ उनले सेबनको अध्यक्ष कसको प्रभावमा नियुक्त गरिएको हो भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबार २१ फागुन २०८१ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया