काठमाडौं । चितवन जिल्ला अदालतले रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाएको छ । आज भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमा पठाईएको हो ।
थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली १० बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको छ । चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेलाई बिहीबार बिहान १० बजे अदालत उपस्थित गराउने गरी न्यायिक हिरासतमा राखिएको बताए।
‘थुनछेक बहस नसकिएकाले अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएपछि प्रहरीले उहाँलाई हामीले हिरासत राखेका छौं’, महतोले भने।
प्रतिक्रिया