काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रम अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । आइतबार राति नेपाल प्रहरीले २९ वर्षीय कुइ विङचाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रधान कार्यालयले जानकारी गराए अनुसार आइतबार राती चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङएरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला पारी उनलाई पक्राउ गरेको हो । छ ।आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया