×

वाम एकताका लागि एकीकृत समाजवादीले गठन गर्‍यो कार्यदल

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् । खतिवडाले भने, ‘अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्छ । व्यक्ति र संस्था सबैलाई जोड्ने प्रयत्न रहन्छ ।’  

बिहीबार २१ पुस २०७९ ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया