×

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुदै

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने भएको छ । शुक्रबारदेखि जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिने भएका छन् ।

यसअघिका बैठकहरुमा धेरैजसो स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका थिए । तर उपमहासचिव जनार्दन शर्माले प्रचण्डकै कारणले २०६४ मा भएको जनमत गुमाएको आरोप लगाउदै यसको जिम्मेवारी लिनुपर्ने बताएका थिए । पछिल्लो समय शर्माले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउदै चेतावनी दिइरहेका बेला यस स्थायी कमिटीको बैठकले के निर्णय गर्छ भन्नेतर्फ धेरैको ध्यानकेन्द्रित भएको छ ।

सोमबार २० साउन २०८२ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया