काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज बुधबारदेखि तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको थुनछेक बहस प्रारम्भ भएको छ । राज्यविरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
प्रतिक्रिया