×

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन - मन्त्री पृथ्वीसुब्बा गुरुङ

images

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । 

 बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । उनले दलहरूबिच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने बताए । 

उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । उनले दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने दाबी पनि गरे । प्रतिपक्ष दलहरुले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन हुनुपर्ने भन्दै राजीनामा मागेका छन् ।

गृहमन्त्रीमाथि छानबिन गर्न सरकार सहमत नहुँदासम्म संसद चल्न नदिने अडानमा प्रतिपक्षी दलहरु रहेका छन् । सत्तापक्ष र प्रतिपक्षले अडान कायम राख्दा संसद चल्न सकेको छैन । जसकारण संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुन सकेको छैन । 

प्रवक्ता गुरुङले प्रेस काउन्सिललाई समावेशी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको भन्दै अहिले विभिन्न कारणले समावेशी बनाउन नसकिएको उल्लेख गरे । 

त्यस्तै जेठ १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।   त्यस्तै एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनले बताए । जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको उनले बताए ।

बुधबार २२ जेठ २०८२ ०२:११ PM मा प्रकाशित

प्रतिक्रिया