×

विश्व शान्तिको कामना गर्दै २५७० औं बुद्ध जयन्ती सम्पन्न

images


 फलेन्द्र मगर /  दुबई 

युएई - ०४ मई विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५७० औं जन्म जयन्ती दुबई मा सम्पन्न भयो। भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र देहावसान यसै  वैशाख शुक्ल पुर्णिमा का दिन पर्ने गर्दछ। यसै अवसर मा केहि दिन ढिलो भएपनि परदेश को बिदाको दिन पारेर,विश्वमा बढदो हिंसा, अशान्ति र मानव मानव विच आपसी असहमझदारी लाई मानवीय एकता, अहिंसा र विश्वशान्तिको कामना गर्दै धर्मगुरु छेवाङ लामा द्वारा प्रवचन सहित पूजापाठ गरि दुबई मा पनि आदिवासी जनजाति महासंघ, युएईमा आबद्ध सबै जातिय संघ संस्था हरु को बृहत् उपस्थिति मा । मई -३ तारिख का दिन क्लब SK7  को सभा हलमा मनाएको हो। 
 
नेफिन, युएई को अध्यक्ष भागिरथि कुमार भगतको अध्यक्षता मा नेपाली महावाणिज्यदूत का प्रतिनिधि कुन्जन शाह को प्रमुख आतिथ्यतामा । नेपाली राष्ट्रीय गान र युएईको राष्ट्रीय गान सँगै धर्म गुरु को अष्ट मन्त्र सहित दीप प्रज्वलन गरि कार्यक्रम को समुदघाटन गरिएको थियो। कार्यक्रममा शुभकामना दिने अधिकांश वक्ता हरु ले बुद्धको जिवनी र उपदेशको बारेमा चर्चा गरेका थिए। औपचारिक कार्यक्रम महासचि मनिषा खाम्दाहाङ लिम्बुर सचिव देव भुजेल ले संयुक्त रुपमा संचालन गरेका थिए। 

अनौपचारिक कार्यक्रम तर्फ नेफिन मा आबद्ध सबै जातिय संघ संस्था हरु ले विविध प्रकार का मनोरन्जनात्मक प्रस्तुति हरु दिएका थिए। प्रदिप पुन मगर र काजल तामाङ ले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।

सोमबार २१ बैशाख २०८३ १०:५९ PM मा प्रकाशित

प्रतिक्रिया