×

प्रचण्डको सचिवालय हेर्ने जिम्मा गोविन्द आचार्यलाई,मल्ल भूगोलको राजनीतिमा

images

 काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ । उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् । लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहेका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ ।मल्ललाई  विशेष प्रदेशको सह–ईन्चार्जको जिम्मेवारी दिइएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए । त्यस्तै बैठकले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ । यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको हो ।

मङ्गलबार २२ माघ २०८१ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया