×

सप्तरीबाट स्रोत नखुलेको नगदसहित पक्राउ

images

सप्तरी । सप्तरीको सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१-०२८ च ५००८ नम्बरको  पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

सोमबार १८ कात्तिक २०८२ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया