×

१० वर्षीया वैभवीले भारतमा प्रतिस्पर्धा गर्ने

images

काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा १० वर्षीया वैभवी सापकोटाले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

अक्टोबर ९ देखि १२ तारिखसम्म हुने सो प्रतियोगितामा नेपाल, भारत, जापान, दक्षिण कोरियालगायत राष्ट्रका एक हजार ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा हुने सो प्रतियोगिताको उद्घाटन समारोहमा तेक्वान्दो मुख्यालय कुकीवन कोरियाको टोलीले आफ्नो प्रदर्शन प्रस्तुत गर्नेछ ।

वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी अक्टोबर ८ तारिख बुधबार दिल्ली प्रस्थान गर्ने छिन् ।

शुक्रबार​ १७ असोज २०८२ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया