एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

    images

    मोरङ, १६ असोज -नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उहाँले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गर्नुभएको थियो । 

    यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा  जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।

    मङ्गलबार १६ असोज २०८० ०९:३१ AM मा प्रकाशित

    प्रतिक्रिया