×

नेपाल सर्ट फिल्ममा सागर र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री

images


काठमाडौं, १६ असोज
चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो ।
यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हाँसिल गरेका छन् । ’
सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्छ फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हाँसिल गरेकी छिन् ।
यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधव राज खरेलले हाँसिल गरेका छन् ।
सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए । 
 

मङ्गलबार १६ असोज २०८० १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया