काठमाडौँ । कलाकार केदार घिमिरे माग्ने बुढाले दीपकराज गिरीसँग माफी माग्दै अरुले लखेटेको बेला केहि बोल्न नसकेकोमा माफी मागेका छन् । सामाजिक सञ्जालमा लेख्दै माग्ने बुढाले जि'स्का कोहि नही होता है उसका दिपक राज गिरि होता है' भन्दै गिरीसँग माफी मागेका हुन् ।
उनले गिरीले सबैलाई परेको बेलामा सपोर्ट गर्ने गरेको उल्लेख गर्दै आफुलाई परेको बेलामा पनि काँध थापेको तर आफुभने भने मुक दर्शक भएर बस्न बाध्य भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्-
जिस्का कोहि नही होता है उसका दिपक राज गिरि होता है । माफ गर्नुहोला दिपक दाई , तपाइलाई अरुले लखेट्दा मैले केहि बोल्न सकिन ,म मुकदर्शक भएर बस्न बाध्य भएं ।
धेरैले मलाई सकभर कम बोल्नू , बिबादमा नपर्नू भनेर सल्लाह दिनुहुन्छ । अहिले मैले अभिनय गरेको चलचित्र “माग्नेराजा” प्रदर्शनरत छ, दशैमा “माइतिघर” आउदैछ साथै तिहारमा “जेरी अन टप” आउंदैछ । झन् यस्तो आफ्नो चलचित्र लाग्ने बेला त बिबादमा बोल्दै नबोल्नू भन्छन, ठिक छ अहिले केहि बोलिन तर तपाइँ चाहि कस्तो मान्छे जस्तो लाग्छ भने जब कसैलाई ठुलो आपद पर्छ ठिक त्यहिं बोल्नुहुन्छ , यस अघि तपाईले धेरै जनाको सपोर्टमा बोल्नुभो र फोकटमा गालीहरु पनि भेट्नुभो , जस्तै समिक्षा बैनीको लागि बोल्नुभो , एलिना बैनी को लागि बोल्नु भो, रबि दाइको बारेमा बोल्नुभो , प्रकाश सपुतको लागि बोल्नु भो , सुरक्षा बैनी को बारेमा बोल्नुभो , माग्नेलाई लखेट्दा काँध हाल्नुभो , अहिले रोहित अधिकारीलाई आड भरोस दिदै हुनुहुन्छ ।
यसरी हेर्दा आज जसले तपाइलाई लखेट्दै छ भोलि उसैलाई पनि तपाइंले नै सपोर्ट गर्ने दिन नआउला भन्न सकिन्न । मलाइ लाग्छ जिस्का कोहि नही होता है उसका दिपक राज गिरि होता है । अहिले यति मात्र ……म केहि बोलिन ।
प्रतिक्रिया