×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

एसियाली तथा खाडी मुलुकहरूतर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा कायम भएको छ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यसैगरी थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा रहेको छ।

अन्य मुलुकहरूमा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४८ पैसा तोकिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैङ्कहरूले तोक्ने दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
 

बिहीबार १८ भदौ २०८३ ०९:५३ AM मा प्रकाशित

प्रतिक्रिया