×

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३४ सयले बढेर तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २२५०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २२३५ मा कारोबार भएको थियो ।

 

आइतबार​ १९ साउन २०८२ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया