काठमाडौं । प्रधानसेनापती प्रभुराम शर्माले नेपाली सेनाका पूर्व प्रधानसेनापति शिवराम सिंह बस्न्यातको पुर्ण कदको शालिक अनावरण गरेका छन् ।
शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा सो शालिकको अनावरण कार्यक्रमलाई संबोधन गर्दै शर्माले नेपालको इतिहास निर्माणमा नेपाली सेनाको उल्लेखनीय भुमिका रहेको बताएका छन् ।
श्रीपाली बस्न्यात समाजले करिव २२ लाख रुपैयाँ लगानीमा निर्माण गरेको सो शालिक ढलौटबाट बनेको श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरन्जन मान सिंह बस्न्यातले बताए ।
शंखरापुर नगरपालिका वडा नं ३ मा सो शालिक,पार्क तथा सैनिक संग्राहलय निर्माणका लागि करिव ३ रोपनी जग्गा उपलब्ध गराईएको शंखरापुर नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबाको भनाई छ ।
सो कार्यक्रममा श्रीपाली बस्न्यात समाजका सदस्य,पूर्व तथा बहालवाला नेपाली सेनाका अधिकारी, प्रहरी तथा सशत्र प्रहरी अधिकारी,शंखरापुर नगर प्रमुख,वडा अध्यक्ष तथा पूर्व जनप्रतिनिधि,स्थानियबासीको उपस्थिती रहेको थियो।
प्रतिक्रिया