×

कक्षा १० र कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला ---राष्ट्रिय परीक्षा बोर्ड

images

काठमाडौं । परीक्षा राष्ट्रिय बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न भराउन अनुरोध गरेको छ ।

पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरेर नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’
धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृतरवेदविद्याश्रम र गुरुकुल र मदर्सा र गोन्पा र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० नियमित माध्यमिक शिक्षा परीक्षा एसइइ० मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।
 

शुक्रबार​ १९ फागुन २०७९ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया