गुल्मी । आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा गुल्मीको मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विक पक्राउ परेका छन् ।
भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो ।
साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया