काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० ले पछि परेको पिएसजीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो । पिएसजीको जितमा सेन्नी मेउलु र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि फेरान टोरेजले एक गोल गरेका थिए ।
यो जितपछि पिएसजीको २ खेलमा ६ अंक भएको छ भने हाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने २ खेलमा ३ अंक रहेको छ भने हाल अंक तालिकामा १६औं स्थानमा रहको छ ।
प्रतिक्रिया