काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आगामी त्रिकोणात्मक सिरिजका लागि लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसँगै अनुभवी तथा युवा खेलाडीहरूको समिश्रण रहेको छ।
नेपाली टोलीका खेलाडीहरू: १. सन्दीप लामिछाने (कप्तान) २. आसिफ शेख ३. दीपेन्द्र सिंह ऐरी ४. रोहित पौडेल ५. देव खनाल ६. ईशान पाण्डे ७. अर्जुन कुमाल ८. सन्दीप जोरा ९. गुल्शन झा १०. करण केसी ११. सोमपाल कामी १२. ललित राजवंशी १३. कुशल भुर्तेल १४. भीम सार्की १५. नन्दन यादव
विश्वकप लिग-२ को तालिकामा सुधार गर्ने लक्ष्यका साथ नेपाली टोली यस सिरिजका लागि तयारीमा जुटेको छ।
प्रतिक्रिया