×

अञ्जिला भारतीय क्लब सेथु एफसीमा आबद्ध

images

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन् । 

क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन् । अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्न लागेकी छन् । यसअघि उनले सेथुमा सन् २०२३-०२४ को सिजनमा अञ्जिला टोलीको कप्तान नै थिइन्।

पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी थिइन् । युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रीसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् । 

यसअघि अञ्जिलाले पाकिस्तानी टिम मासा युनाइटेडबाट पनि खेलेकी थिइन्। नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्व विजेता इष्ट बंगालसहित आठ टिम सहभागी हुँदैछन् ।

 

बिहीबार १६ असोज २०८२ ०९:२४ AM मा प्रकाशित

प्रतिक्रिया