काठमाडौँ । नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित भएको छ ।
विहिबार मलेसियामा सम्पन्न ५ खेलको सिरिजको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको हो ।
मलेसियाले दिएको १०५ रन लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको थियो । यसअघि महिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।
यो जितसँगै ५ खेलको सिरिजमा मलेसिया १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल शनिबार हुने तालिका रहेको छ ।
प्रतिक्रिया