काठमाडौ । चलचित्र विकास बोर्डले आफूहरूले कुनै पनि चलचित्र रोक्ने निर्णय नगरेको स्पष्टिकरण दिएको छ ।
बिहीबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै बोर्डले कुनै चलचित्रको प्रदर्शन रोक्न लागेको अफवाहलाई लिएर चलचित्र क्षेत्रकै केही व्यक्तिले टिप्पणी गरिरहेको र सञ्चारमाध्यममा पनि समाचार आएको भन्दै आपत्ति जनाएको हो ।
‘चलचित्र प्रदर्शनको विषयलाई लिएर केही दिनदेखि चलचित्र विकास बोर्डलाई लक्षित गरी चलचित्र क्षेत्रका केही व्यक्तित्वहरू तथा विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा सामाजिक सञ्जालहरूमा आएका विभिन्न टीकाटिप्पणी प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डले आधिकारिक धारणा नआएका विषयमा कपोलकल्पित टिप्पणी नगर्न र समाचार नलेख्न पनि सबैमा आग्रह गरेको छ ।
केही दिनदेखि सामाजिक सञ्जालमा प्रदिप खड्काको स्टारडम रोक्न चलचित्र विकास बोर्डले खड्का अभिनित ‘प्रेमगीत ३’ को हिन्दी डब संस्करण रोक्ने निर्णय गरेको अफवाह आएका थियो ।
‘प्रेमगीत ३’ ले नेपाली चलचित्रको बजार विस्तार गरिरहेको समयमा बोर्डले यो चलचित्रको हिन्दी संस्करण रोक्ने निर्णय गरेको कुरा आफूले सुनेको र त्यसो गर्नु दुःखद रहेको जनाइएको छ ।
प्रतिक्रिया