×

सिटीको फराकिलो जित

images

लन्डन । इर्लिङ हाल्यान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि इङ्गलिस प्रिमियर लिगमा बुधबार राति म्यान्चेस्टर सिटीले नटिङघम फरेस्टलाई ६–० ले हराएको छ । उपाधि रक्षा अभियानमा रहेको सिटीको यो पाँच खेलमा चौथो जित भएको छ ।

बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका नर्वेका स्ट्राइकर हाल्यान्डले फरेस्टविरुद्ध पूर्वाद्र्धमै ह्याट्रिक पूरा गरे । तीन दिनअघि उनले क्रिस्टल प्यालेसविरुद्ध उत्तराद्र्धमा तीन गोल गरेर सिटीलाई पुनरागमन जित  हासिल गराए । 

फरेस्टवरुद्ध अफसिजनमा रिभर प्लेटबाट सिटआएका जुलयन अल्भारेजले पनि दुई गोल गरे । उनले पहलो पटक सिटीका लागि पहिलो रोजाइमा खेलेका हुन । अर्को गोल जोआओ क्यासेलोको नाममा रह्यो ।

यस्तै अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई २–१ ले हराएर पाँचौँ जित निकाmेको थियो । शीर्ष स्थानमा रहेको आर्सनलले सुरुका पाँचै वटा खेल जितेको हो । प्रिमियर लिगमा आर्सनलको यो अहिलेसम्मकै उत्कृष्ट सुरुआत पनि भएको छ । खेलको ७७ औँ मिनेटमा गाब्रियल मार्टिनेलीले निर्णायक गोल गरे । यसअघि, डग्लस लुइजको गोलले आर्सनल पछाडि परेको थियो । तर खेलको ३० औँ मिनेटमा नै गाब्रियल जेससले बराबरी गोल गरेका थिए ।

लिभरपुलले अन्तिम समयमा गोल गरी न्युक्यासललाई २–१ ले हउन सफल भयो । इन्जुरी समयको आठौँ मिनेटमा स्थानापन्न खेलाडी फाबियो काराभालोले गरेको गोलले न्युक्यासल स्तब्ध भएको हो । यसअघि, खेलको ३८ औँ मिनेटमा न्युक्यासलका अलेक्यान्दर इसाकले आप्mनो नयाँ क्लबका लागि गोल गरेपछि लिभरपुल पछा परेको थियो । रियल सोसिड्याडबाट क्लबको कीर्तिमान रकममा न्युक्यासल भित्रिएका इसाकले दोस्रो गोल पनि गरेका थिए भने विवादास्पद अफसाइडमा उनको गोलले मानयता पाएन ।  त्यसपछि उत्तराद्र्धमा रोवर्टो फर्मिन्होले बराबरी गोल गरी लिभरपुललाई खेलमा फर्काउन सफल भए ।

टोटेनहाम भने वेस्ट ह्यामसँग १–१ ले बारबरमिा रोकिएको छ । थिलो कररको आत्घाती गोलले टोटेनहाम अगाडी भएको थियो तर टोमस सोउसेकले बराबरी गोल गरेका थिए । एपी

शुक्रबार​ १७ भदौ २०७९ ०८:२३ AM मा प्रकाशित

प्रतिक्रिया