काठमाडौँ । गोरखामा रात्रीबस दुर्घटनामा परेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको यात्रु बस दुर्घटना भएको हो । बस दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो । घाइतेमध्ये ३-४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।
घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् । बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो ।
प्रतिक्रिया