केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनकाे लक्ष्य पाएकाे छ ।
नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक/एक विकेट लिए ।
नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । नेपाल र केन्याले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यस शृङ्खलाकाे दोस्रो खेल भाेलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।
केन्यासँग यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले तीन–दुईले जितेको थियो ।
प्रतिक्रिया