×

नेपालको अभिव्यक्तिले दुख लाग्यो, पार्टी छोडेर जान्न- झलनाथ खनाल

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले भन्दैमा पार्टी छोडेर नजाने बताएका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी छोड्ने भन्ने कुरा कल्पना पनि नगर्ने भन्दै अध्यक्ष माधवकुमार नेपालले दिएका अभिव्यक्तिले आफुलाई दुख लागेको प्रतिक्रिया दिएका छन् ।

उनले भने- '३२ सालदेखि संगै आएको नेताले, कम्युनिष्ट पार्टीका नियमहरु राम्रोसंग बुझेको होला भन्ने लागेको थियो । माधव कुमार नेपालका मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने सोचेकै थिइन् । उहाँले आदेश दिने वित्तिकै कसैले छोड्छ । मैले उहाँ भव्य नेता हो भन्ने लागेको थियो तर यति तल्लो स्तरको चिन्तन छ भन्ने लागेको थिएन । यो पेटी बुर्जुवा चिन्तन हो । मैले बोलेका कुराले लेखेका कुराले समस्या भएको छ भने पार्टी त छ त, बैठक बोलाएर छलफल गर्न सकिन्छ । यहाँसम्म आउदा नेपाल धेरै परिपक्क हुनु भएको होला भन्ने लागेको थियो तर सन्तुष्ट हुन सकिएन ।' 

खनालले आफ्नो नेपालसँग एमसीसी, जबज र वैज्ञानिक समाजवाद, पार्टी सरकारमा जाने विषय, चुनावमा गठबन्धन गर्ने भन्ने विषयमा असहमति रहेको बताए । 

उनले पार्टीले एमालेसँग विद्रोह गर्दाको औचित्य पुष्टि गर्न नसकेको दोहोराउदै पार्टीको नाम समाजवादी भएपनि समाजवादी कार्यक्रम दिन नसकेको बताए ।

शनिबार १८ साउन २०८२ ०७:०७ PM मा प्रकाशित

प्रतिक्रिया