×

जनताले अधिकार प्राप्तीका लागि शान्तिपूर्ण विरोध गर्न पाउछँ - मन्त्री राई

images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले जनताले  अधिकार प्राप्त गर्नका निम्ति शान्तिपूर्ण विरोध गर्न पाउने बताएका छन् ।   विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उनले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकार अनुरुप विरोध गरेको बताए । 

कोशी प्रदेश नामाकारणका सम्बन्धनमा असन्तुष्ट पक्षबिच वार्ताद्वारा समाधान हुने भन्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारले समेत वार्ताको माध्यमबाट समाधान निकाल्नु पर्ने बताए ।  उनले मुलुक र सरकार सञ्चालन गर्ने सम्बन्धमा गठबन्धन दलबिच सहकार्य रहेको बाँकी अन्य कुरामा प्रतिस्पर्धा रहेको पनि उल्लेख गरे । 

आइतबार​ १९ चैत २०७९ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया