मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती, वैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागी टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरू सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानी फस्टाएर जानेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाइसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसाय तथा शेयर बजारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । पछिसम्म आम्दानी हुने उद्योगमा लगानी बढाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवरका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्याप्ति हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमी जोडीहरूका लागी समय उत्तम रहेको छ । सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा ब्राण्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनेछ । लामो दुरीको यात्राको योग रहेको छ ।
प्रतिक्रिया