×

बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप, डीएसपी पौडेल घाइते

images

काठमाडौँ -काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ ।  ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले  गरेको प्रदर्शनमा झडप भएको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहरा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ। अहिले उनकाे सिभिल अस्पतालमा उपचार भइरहेकाे छ। त्यस्तै प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ५ महिला र ७ पुरुष रहेको एसपी बोहराले बताए ।

आइतबार​ १८ फागुन २०८१ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया