×

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ - पहिलो ओभरमै करणले लिए विकेट, सन्दीप पनि प्लेइङ सेटमा

images

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिम यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा स्थान बनाएका छन् । तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेले स्थान बनाएका हुन । नेपालका लागि पहिलो खेलमा डेब्यु गरेका प्रतिस जिसीको स्थानमा सन्दीप लामिछाने पहिलो रोजाइमा रहेका छन् ।

नेपालको प्लेइङ ११मा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामछिाने, करण केसी र गुल्सन झा छन् ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध नेपालले पहिलो ओभरमा पहिलो विकेट लिएको हो ।  नेपालका लागि पहिलो ओभर बलिङमा आएका तीब्र गतिका बलर करण केसीले पहिलो ओभरमा एक विकेट लिए । उनले मोहमद वासिमलाई बोल्डआउट गरेका थिए । वासिम ५ बल खेल्दै शून्यमा आउट भए । 


 

बिहीबार १८ फागुन २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया