×

टिकटकर गिभिना आमाको ट्रकको ठक्‍करबाट मृत्यु, आमाको मृत्युपछि भाइले गरे आत्महत्या

images

पोखरा । चर्चित टिकटकर तथा समाजसेवी गिभिना मगरलाई शोकमाथि शोक परेको छ । उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो ।

याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको हो ।
आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा ९गिभिनाका भाइ० रामकुमार बुढाले आत्महत्या गरेका हुन् ।

आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।

‘दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका रहेछन् । अरू गएपछि सुसाइड गरेका रहेछन्,’ उनले भने, ‘एकपछि अर्को घटना भयो । पीडादायी अवस्था बन्यो ।’ गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन् । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।

आइतबार​ १६ मंसिर २०८१ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया