×

स्थानीय तहको उपनिर्वाचन- २९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान

images

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी भएको बताउनुभयो ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ । चिसोका कारण दोलखा र रुकुमका केही मतदान केन्द्रमा मतदाताहरू ढिलागरीमात्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने र भोलिपल्ट नतिजा सार्वजनिक गरिसक्नेगरी तयारी गरेको जनाएको छ । कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिका भवनमा र काठमाडौंको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार​ १६ मंसिर २०८१ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया