×

सञ्जीव र सञ्जीत सम्मानित

images


मनमैंजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आट्र्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सञ्जीतकुमार राईलाई आज सम्मान गरेको छ ।उक्त स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरेको हो ।

तार्केश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तथा प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उक्त स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । 
सो अवसरमा नगरप्रमुख महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिने र  यस्ता योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सञ्जीवले स्वर्ण पदक जित्नुभएको थियो । उहाँले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनिमा  कांस्य पदक हात पानुभएको थियो ।

त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सञ्जीतले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य पदक जित्नुभएको थियो ।

शनिबार १५ असोज २०७९ ०२:५४ PM मा प्रकाशित

प्रतिक्रिया