×

साविककै पदीय हैसियतमा काम गर्न पाउँ- डा. मुकुन्द ढकाल

images

काठमाडौं। डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन्। ढकालले आफुलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन्।

उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५औं दिन मात्र सो सम्बन्धि पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन्। उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन्। उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगि, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफूले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेका छन्। 

आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका हुन् । ‘…पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ’, उनको दिवेदनमा भनिएको छ ।

आइतबार​ १६ भदौ २०८१ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया