×

इङल्याण्डविरुद्धको पाँचौं टेस्टमा भारतको खराब शुरुवात

images

काठमाडौँ । इङल्याण्डविरुद्धको पाँचौं टेस्टमा भारतले खराब शुरुवात गरेको छ ।

टेस्टको पहिलो दिन भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाउदै २०४ रन बनाएको हो । बर्षाले प्रभावित खेलमा पहिलो दिन ६४ ओभर खेलेर २०४ रन बनाएको हो ।

भारतका लागि करुण नायरले ५१ रन बनाएर खेलिरहेका छन् भने उनलाई वाशिंटन सुन्दरले १९ रन बनाएर साथ दिइरहेका छन् ।

त्यस्तै साइ सुदर्शनले ३८, कप्तान शुभमन गिलले २१, ध्रुब जुरेलले १९, केएल राहुलले १४, रविन्द्र जडेजाले ९ र यशस्वी जैसवालले २ रन बनाएका थिए । त्यसैगरी इङल्याण्डका बलर गस अटकिन्सन र जोश टंगले २-२ विकेट लिएका थिए । त्यस्तै क्रिस वोक्सले एक विकेट लिएका थिए ।

पाँच खेलको यस सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।    

 

शुक्रबार​ १७ साउन २०८२ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया