काठमाडौँ । भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ । भारतीय निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको लागि हुने निर्वाचन सेप्टेम्बर ९ मा हुने मिति घोषणा गरेको हो ।
उपराष्ट्रपति जगदीप धनखडले जुलाई २१ मा स्वास्थ्यको कारण देखाउदै उपराष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसबेलादेखि उपराष्ट्रपति पद खाली छ ।
उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम दर्ता गर्ने अन्तिम मिति अगस्त २२ रहेको छ भने सेप्टेम्बर ९ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ भने मतदानपछि सोहि दिन मतगणना गरिने छ । उपराष्ट्रपति पदका लागि भारतीय लोक सभा र राज्यसभाका सांसदहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया